३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


लादेनविरुद्धको सैन्य अप्रेरशनमा संलग्न अमेरिकी सेनाको विशेष टोली दक्षिण कोरियामा


0
Shares

उत्तर कोरियाको परमाणु कार्यक्रम र शक्ति प्रदर्शनपछि अमेरिकाले सुरक्षात्मक कारवाही अघि बढाइरहेको समयमा अमेरिकी सैन्य टोली दक्षिण कोरिया पुगेको हो ।

अमेरिकी सेनाको सो टोलीले दक्षिण कोरियाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने बताइएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका अनुसार उत्तर कोरियाद्वारा गरिदैं आएको भड्काउपूर्ण गतिविधि नियन्त्रणमा अमेरिका र दक्षिण कोरियाले सहकार्य जारी राख्नेछन् ।

उल्लेखनीय छ, अमेरिकी नेभी सिलको समूहले सन् २०११ मा पाकिस्तानको एबोटाबादमा लादेन बस्दै आएको घरलाई घेरेर सैन्य अप्रेसन गरेको थियो । अकस्मात गरिएको सो कारवाहीमा लादेन मारिएका थिए भने पाकिस्तानले समेत उक्त अप्रेसनको पूर्व जानकारी पाएको थिएन । (एजेन्सी)