११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


सरकारी चिकित्सकले गरे आकस्मिकबाहेकका सेवा बहिस्कार, मन्डलामा प्रदर्शन


0
Shares

काठमाडौं, फागुन १० । कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुले शुक्रबार आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् ।

समायोजनले ८ देखि ११ तहसम्मका चिकित्सकहरुलाई स्थानीय तह र प्रदेशमा खुम्च्याउने भन्दै विरोधमा उत्रिएका चिकित्सकहरुले शुक्रबार एक दिन सेवा बहिस्कार गरेका हुन् ।

आकस्मिकबाहेकका सेवा छाडेर चिकित्सकहरु माइतीघर मन्डलामा प्रदर्शन गर्न पुगेका थिए ।

प्रदर्शनमा वीर अस्पतालका पूर्वनिर्देशक डा. स्वयम्प्रकाश पण्डितले समायोजनले चिकित्सकलाई अन्याय गरेको र सरुवा तथा बढुवा नै नहुने अवस्थामा पुर्‍याएको बताए ।

यस्तै, सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारले आफूहरुको मागप्रति बेवास्ता गरिरहे सशक्त आन्दोलन घोषणा गर्ने बताए ।

देशभर हाल १४ सय सरकारी चिकित्सक छन् ।

सबै सरकारी चिकित्सकहरुलाई केन्द्र सरकारअन्तर्गत् राखेर चाहिएको स्थानमा खटाउनुपर्ने माग उनीहरुले राखेका छन् ।