२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


राष्ट्रपतिसित बेलायती रक्षा राज्यमन्त्रीको शिष्टाचार भेट


0
Shares

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीसित बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यांकेस्टर शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हीत र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा नेपाल तथा बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति रहेको थियो ।