३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


उत्तर कोरियामा कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चीनको चेतावनी


0
Shares

चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको हो । बढ्दो तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताएका हुन् ।

उत्तर कोरियाको परमाणु कार्यक्रमप्रति अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाइ आएको हो । चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ ।

उत्तर कोरियाली तनावका कारण हुने युद्धले आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने र धम्काउने क्रियाकलापबाट भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गरे ।

अमेरिकाले कोरियाली प्रायद्विपमा एक नौ सैनिक युद्धपोत तैनाथ गरिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तित बनेको हो । (एजेन्सी)