३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


ढुुंगामुढा रोक्न भारतीय सेनाले गाडीको अगाडि बाँधेर युवकलाई घुमायो


0
Shares

आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियो सामाजिक संजालमा फैलिएपछि व्यापक विरोध भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार ती युवकको नाम फारुक डार हो । उनी बडगामका बासिन्दा रहेको बताइएको छ ।

सेनाले उनलाई नियन्त्रणमा लिइ बाँधेर गाडीको अगाडि बाँधेर घुमाएको बताइन्छ ।

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै यसलाई राज्य सरकारको असफलता भनेका छन् ।

रक्षा मन्त्रालयले घटनाको छानविन गर्न आदेश दिएको छ । सेनाको जिपमा कसैले ढुंगा हान्न नसकोस् भन्ने उद्देश्यले त्यसरी युवकलाई बाँधेर घुमाइएको बताइएको छ । (एजेन्सी)