
अमेरिकाले आईएसको वेसमा खसालेको शक्तिशाली उक्त नन न्यूक्लियर बम अहिलेसम्मकै ठूलो हो ।
स्थानीय समय अनुसार बिहीबार सांझ गरिएको विष्फोटबाट आईएसले प्रयोग गरेको टनेल र बंकरहरु ध्वस्त भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
सुरुमा आईसले विष्फोटबाट कुनै क्षति नपुगेको जनाएको थियो । यो बमलाई ‘मदर अफ अल बम्स्’ को नाम दिइएको छ ।
सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोगमा ल्याइएको थिएन । बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिटभन्दा धेरै थियो ।
गत हप्ता अफगानिस्तानमा आईएससँगको लडाईंमा अमेरिकी सैनिक मारिएपछि अमेरिकाले यो बम खसालेको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्