Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन पोखरामा सुरु


0
Shares

पोखरा, फागुन ९ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन बिहीबारदेखि पोखरामा सुरु भएको छ ।

‘राष्ट्रिय समृद्धिका लागि सन्चार : गुणात्मक, व्यावसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ सुरु भएको दुईदिने भेलाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे ।

कार्यक्रममा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार संगठनका प्रमुखलगायत देशभरबाट एक हजार ४०० पत्रकारको सहभागिता रहेको छ ।

भेलामा महासंघको विधानको संशोधन र श्रमजीवी पत्रकारको हक, अधिकारका विषयमा छलफल गरिनेछ ।