उतार–चढावबीच बजार परिसूचक नेप्से ४० अंक बराबरले झरेर १६ सय १२ मा आइपुग्यो ।
उत्पादनमूलकबाहेक अरु सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ८४ अंकको गिरावट आयो । जलविद्युत् समूह पनि ७१ अंकले झर्यो । होटल समूह ४६ अंक र वाणिज्य बैंक समूह पनि ४४ अंकले झर्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको २२ लाख बराबर कित्ता सेयर १ अर्ब ५० करोड रुपैयाँ बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्