३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


टर्कीमा १२ यात्रुसहित प्रहरी हेलिकोप्टर दुर्घटनाग्रस्त


0
Shares

उक्त हेलिकोप्टरमा एक न्यायधिस सहित सवै प्रहरी अधिकारी सवार थिए ।

सवारमध्ये एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको हेलिकोप्टर स्थानीय समयअनुसार मंगलबार विहान ११ बजेर ५० मिनेटमा एअरपोर्टको राडरसँग सम्पर्क विच्छेद भएको गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेलिकोप्टर दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् ।

टर्कीको विपद् तथा संकट व्यवस्थापन प्राधीकरणले उद्धारका लागि विभिन्न समूहलाई घटनास्थलसम्म पठाएको बताएपनि समाचार तयार गर्दासम्म उनीहरु हेलिकोप्टर दुर्घटनास्थलमा पुगेको जानकारी प्राप्त भएको छैन । रासस/सिन्ह्वा