Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


यौन दुर्व्यवहार आरोपमा सहायक डिन पक्राउ


0
Shares

काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको छ ।

त्रिवि परिसर कीर्तिपुरबाट परीक्षा नियन्त्रण कार्यालय बल्खु जाने बाटोमा बुधबार दिउँसो २० वर्षीया छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप छ ।

छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले सहायक डिन साहलाई मोसो दलेका थिए । लगत्तै प्रहरी बृत्त कालिमाटीले उनलाई नियन्त्रणमा लिएको हो । –कान्तिपुर दैनिकबाट