३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चितुवाको छालासहित एक पक्राउ


0
Shares

पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाई र २ फिट चौडाई रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए ।

पक्राउ परेका सुतारलाई बुधबारै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार रु २० हजारभन्दा माथि जरिवाना र ६ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । रासस