Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


टिपरको ठक्कर, मोटरसाइकल चालकको मृत्यु


0
Shares

भक्तपुर, फागुन ८ । काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ७७ ४७ नम्बरको टिपरले चाँगुनारायण नगरपालिका–९, ताथलीमा बुधबार दिउँसो बा४०प ५४०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कन्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ । रासस