३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अवैध कल बाइपास गर्ने पक्राउ


0
Shares

ब्युरोबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिकास्थित श्रीराम पौडेलका घरमा बसेर अवैधरुपमा कल बाइपास गरिरहेको अवस्थामा उनलाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

सो ठाउँबाट ६४ पोर्टको जीएसएम गेटवे डिभाइस, टीपी लिंकको राउटर, एचपी कम्पनीको ल्यापटप, कलर्स मोबाइल, ८ जीबीको पेनड्राइभ र सोनी एक्सपेरिया मोबाइल एक/एकथान बरामद गरिएको छ ।

अभियुक्त खतिवडालाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गत् जिल्ला अदालत काठमाडौंबाट पाँचदिन म्याद लिइ अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस