११ भाद्र २०८२, बुधबार | Thu Aug 28 2025


डा. केसीले दिए अनशनको चेतावनी


0
Shares

काठमाडौं, फागुन ८ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले गन्डकी मेडिकल कलेजले अवैधरुपमा विद्यार्थीसित चर्को शुल्क लिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले सरकारले आफैंले तोकेकोभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेज सन्चालकलाई फौजदारी मुद्दा लगाउन मागसमेत गरेका छन् ।

यस्तै, भ्रष्टाचारको आरोप लागेका संवैधानिक निकायका पदाधिकारीहरुलाई कारबाहीको मागसमेत उनले गरेका छन् ।

सरकारले आफूसित गरेका सम्झौता कार्यान्वय गर्न माग गर्दै डा. केसीले सम्झौता कार्यान्वयन नभए जुनसुकै बेला १७औं अनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।