३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


फ्रान्समा राष्ट्रपतीय चुनाव: म्याकरोन र मारिन ल पेनलाई अग्रता


0
Shares

म्याकरोन पहिलो नम्बरमा र पेन दोस्रो स्थानमा रहेको बीबीसीले जनाएको छ ।

पहिलो र दोस्रो स्थानमा रहेका म्याकरोन र पेनबीच आगामी मे ७ तारिखका दिन दोस्रो चरणको मतदान हुने छ ।

पहिलो चरणको मतदानमा म्याकरोनले २३ दशमलव ७ प्रतिशत र पेनले २१ दशमलव ७ प्रतिशत मत पाएको बताइएको छ ।

राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणमा ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

अधिकांश उम्मेदवारले युरोप, आप्रवासन, अर्थतन्त्र तथा फ्रान्सको पहिचानबारे नयाँ दृष्टिकोण पेस गरेका थिए ।

अलोकप्रियताका कारण वर्तमान राष्ट्रपति फ्रान्वाँ होलान्दले भने उम्मेदवारी दिएका थिएनन् । (एजेन्सी)