
अमेरिकाका ४४ औं राष्ट्रपति रहिसकेका ओबामाले आगामी सेप्टेम्बरमा हेल्थ केयर सम्मेलनमा सम्बोधन गर्ने प्रस्ताव स्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ओबामाले ह्वाइट हाउस छाडेको सय दिन भन्दा कम समयमा यो स–शुल्क सम्बोधनमा सहमति जनाएका थिए ।
ओबामाले सम्बोधन बापत लिन लागेको शुल्क सन् २०१५ मा हिलारी क्लिन्टनले तीन वटा भाषणका लागि लिएको शुल्क भन्दा दोब्बर सरह हो ।
वाल स्ट्रिटले सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणमा आफ्ना दुई तिहाई कर्मचारी गुमाएको थियो ।
आफ्नो दुई वर्षे कार्यकालमा ओबामाको वित्तीय क्षेत्रसँग तनावपूर्ण सम्बन्ध थियो । उनले सन् २००८ को वित्तीय संकटमा वाल स्ट्रिटको पनि संलग्नता रहेको आरोप लगाएका थिए ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्