
काठमाडौं । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा विद्रोहीसँग भएको मुठभेडमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ ।
जसमा एक जना मेजर रहेका छन् । सेनाले विद्रोहीको अखडामा आक्रमण गर्दा दुई जना चरपन्थी पनि मारिएका छन् ।
भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन ।
अपरेसन सुरु हुनासाथ चरमपन्थीले आक्रमण गर्दा २ जवानको मृत्यु भएको भारतीय सेनाले बताएको छ ।
गत विहिबार विद्रोहीले गरेको भीषण हमलापछि सेनाले पुलवामा जिल्लामा विशेष खोज अभियान चलाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्