२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


टेलिकमको भवनबाट खसेर मृत्यु


0
Shares

काठमाडौं, फागुन ५ । बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ ।

टेलिकमको टावर मर्मतकाक्रममा भवनको सातौं तलाबाट खसेर भारत, उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

प्रहरीकाअनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्नेक्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पुर्‍याउनेक्रममा मृत्यु भएको थियो ।

राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा लगिएको छ । रासस