Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


प्रदेश नं ५ : छलफलका लागि चार प्रस्ताव प्रस्तुत


0
Shares

खस्यौली, फागुन ५ । प्रदेश नं ५ को प्रदेशसभाको आजको बैठकमा छलफलका लागि विभिन्न चार वटा प्रस्ताव प्रस्तुत भएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५, भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश नं ५, दाना पदार्थ सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरिन् । उनले कानून बनाएर भूमिको व्यवस्था गरिने जानकारी दिँदै कृषकका लागि मल प्रर्याप्त भएको बताइन् ।

बैठकको विशेष समयमा विपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्दिन खाँले सङ्घीयतामा प्रदेश सरकार चुकेको आरोप लगाए । उनले जनतामा संघीयताको अनूभुति हुन नसकेको बताए । ‘प्रदेश सरकारलाई असफल हुने छुट छैन किनभने जनताको भविष्य र उन्नति यसैमा जोडिएको छ,’ उनले भने ।