
१५ मेदेखि उनीहरुले मार्शल आर्टको तालिम लिने भएका हुन् । अस्पताल स्रोतका अनुसार आवासीय चिकित्सकहरुका लागि बेलुकी दुई सिफ्टमा मार्शल आर्टको क्लास संचालन हुनेछ । चिकित्सक र नर्सले समेत मार्शल आर्टको तालिम लिने भएका हुन् ।
चिकित्सकहरुका अनुसार अस्पलातमा उनीहरुमाथि हातपात र दुर्व्यवहार बढ्दै गएका कारण आत्मरक्षाका लागि कराँते, तेक्वान्दोलगायत मार्शल आर्टको विधामा प्रशिक्षण दिन लागिएको हो ।
एम्स अस्पतालका आवासीय चिकित्सक एसोसिएसनका महासचिव डा. हरजीत सिंहका अनुसार यस्तो कदम उठाउनु बाध्यताजस्तै हो । उनले भने, ‘आत्मरक्षाका लागि केही त गर्नैपर्छ, किनकि हामी प्रायः हमलाको सिकार हुने गरेका छौं । हामीले यो योजनाका लागि प्रशासनसँग अनुमति समेत लिइसकेका छौं ।’
यसअघि नै दिल्लीका दुई अस्पताल लोक नायक र लेडी हार्डिङ्गमा दिल्ली प्रहरीका केही विज्ञले आत्मरक्षाको प्रशिक्षण दिइसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्