
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा शिक्षकमाथि कुटपीट गरेको विरोधमा सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिएको छ ।
सरस्वती पूजाको दिन जनता माध्यमिक विद्यालय श्रीनगरका शिक्षकहरुमाथि कुटपिट भएको बिरोध गर्दै नेपाल शिक्षक महासंघ नगर समितिले आज नगरपालिकाभरका शैक्षिक संस्था बन्द गराएको हो ।
विद्यार्थीहरुको आपसी झगडा मिलाउन गएका शिक्षकहरुलाई विद्यार्थीहरुले नै कुटपिट गरेको आरोप लगाइएको छ ।
महासंघले घटनाका दोषीलाई यथाशीघ्र पक्राउ गरी कारवाही गर्न माग समेत गरेको छ । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्