१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बोको हरामको अपहरणमा परेका ८२ जना बालिका मुक्त


0
Shares

नाइजेरियाको बन्दी गृहमा रहेका बोको हरामका केही कार्यकर्ता छाड्ने सर्तमा उनीहरुलाई मुक्त गरिएको बोको हरामले जनाएको छ ।

उनीहरुलाई राष्ट्रपति मोहमद बुहारीको जिम्मा लगाइने बताइएको छ ।

बोको हरामको अपहरणमा परेका अन्य १ सय ९५ जना छात्राको अवस्था भने अझै अज्ञात छ ।

इस्लामिक लडाकु समुह बोको हरामले तीन वर्षअघि चिबोक गाउंँको स्कुलबाट २ सय ७० भन्दा बढी स्कुले छात्रा अपहरण गरेको थियो । अपहरणमा परेका केही छात्रा भने भाग्न सफल भएका थिए छन् ।(एजेन्सी)