
मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।
पहिलो चरणमा निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ । यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् ।
केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरुलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ । यही विभाजनअनुसार कन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निर्क्यौल गरिएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्