३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार


0
Shares

कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेका थिए ।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नम्बरको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नम्बरको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए ।

प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ । (रासस)