पोखरा, फागुन ४ । गन्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जनताले चुनेर पठाएका प्रतिनिधिले अरुलाई दोषारोपण नगरी स्वयंले कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।
शनिबार गन्डकी प्रदेश सरकारको पहिलो वार्षिकोत्सव समारोहमा बोल्दै उनले संघीयता कार्यान्वयन गराउने जिम्मा जनप्रतिनिधिको भएको हुँदा एकले अर्कोलाई दोष लगाउने प्रवृत्ति अन्त्य गर्न सुझाव दिए ।
कार्यक्रममा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता सही दिशामा अगाडि बढेको बताए ।
उनले संविधानको मर्म र संघीयताको भावनाअनुसार काम नगरे कतिपय विषय जटिल हुनेमा सचेतसमेत गराए ।








प्रतिक्रिया दिनुहोस्