Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध


0
Shares

जनकपुर, फागुन ४ । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर–२ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

वीरगन्जमा बीपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेपछि स्थगित भएको छ ।

शनिबारको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले प्रदेश सरकारले सहिद स्मृति पार्क निर्माण गर्ने नाममा जग्गा कब्जा गर्न खोजेको आरोप लगाउँदै त्यसको छिनोफानो नभएसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।

त्यसलगत्तै कांग्रेसका प्रदेशसभा सदस्यहरुले उठेर विरोध गरेपछि सभामुख सरोजकुमार यादवले आगामी फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कांग्रेसका प्रदेशसभा सदस्यहरुले सार्वजनिक लेखा समितिको सभापतिका लागि गरिएको मनोयन दर्तामा नेकपाका तर्फबाट कीर्ते हस्ताक्षर गरिएको भनी आएको समाचारमा छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका थिए ।