Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


झन्डै पाँच करोड अवैध रकमसहित ६ चिनियाँ नागरिक पक्राउ


0
Shares

महाशाखाबाट खटिएको टोलीले बुधबार बिहान पर्यटक गाडीसहित नागढुंगाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले काठमाडौंबाट गल्छी, रसुवा, केरुङ नाका हुँदै चीन जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका चिनियाँहरुबाट अमेरिकी डलर तीन लाख ४९ हजार, युरो ६८ हजार, चिनियाँ युआन १४ हजार ४००, जापानी येन ३१ लाख, स्वीस फ्र्यान्क दुई हजार दुई सय, अस्ट्रेलियन डलर एक हजार ४००, पाउन्ड स्टर्लिङ एक हजार १०० र नेपाली रु २४ हजार ६०० बरामद गरिएको छ ।

प्रवक्ता कार्कीकाअनुसार ती सबै मुद्राको नेपाली रुपैयाँमा हिसाब गर्दा करिब चार करोड ७५ लाख ६० हजार हुन आउँछ । रासस