३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ


0
Shares

पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिशिद्धेश्वरी मन्दिरनजिकै बस्ने २० वर्षीय सन्तोष नेपाली पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार राति ९ः३० बजेतिर उनीहरुलाई बरुवा गाउँस्थित गोरखा बोर्डिङ पछाडिको क्षेत्रबाट नक्कली पेस्तोल र चक्कुसहित पक्राउ गरिएको हो । सबैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । (रासस)