८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


दोस्रो संविधानसभा निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन खर्च दोब्बर


0
Shares

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि भने अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अझै थप दुई अर्ब रुपैयाँ लाग्ने अनुमान सरकारको छ ।
अर्थ मन्त्रालय बजेट व्यवस्थापन महाशाखाका उपसचिव ईश्वरी अर्यालका अनुसार १८ अर्ब रुपैयाँमध्ये १० अर्ब २९ करोड रुपैयाँ चुनाव घोषणा भएलगत्तै निर्वाचन आयोगलाई निकासा दिइएको हो । बाँकी करिब आठ अर्ब रुपैयाँ सुरक्षा निकायका लागि दिइएको छ । –नागरिक दैनिकबाट