Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘चुनौतीका बाबजुद पनि अपेक्षाअनुसार काम’


0
Shares

सुर्खेत, फागुन ३ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चुनौतीका बाबजुद पनि प्रदेश सरकारले अपेक्षाअनुसार काम गरेको बताएका छन् ।

प्रदेश सरकार गठनको एक वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले शून्यताको स्थितिबाट काम सुरु गर्दा केही अलमल भएपनि जनताको सुख र समृद्धिका लागि सरकार दूरगामी सोंचका साथ अघि बढेको दाबी गरे ।

एक वर्षको अवधिमा १०८ ओटा संगठन संरचना विस्तार गरी सरकारलाई नीतिगत, संस्थागत र व्यवहारगतरुपमा अघि बढाउन सफल भएको धारणा राखे ।