दाङ, फागुन ३ । दाङको दंगीशरण गाउँपालिका–७ स्थित श्रीगाउँको बोगटीमा शुक्रबार दुईओटा यात्रीवाहक बस एकापसमा ठोक्किँदा ४२ यात्री घाइते भएका छन् ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा१ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुर आउँदै गरेको ना८ख १०१७ नम्बरको बस अपराह्न आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्