
माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार तामाङको छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एकथान खुकुरी र तीनथान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए ।
तामाङद्वयले प्रचार अभियानपछि घर फर्कंदै गरेका सो गाउँपालिकाका नेपाली कांग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरीचौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्