८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


चुनावको मुखमा सरकारद्वारा १५ करोड बाँड्ने निर्णय


0
Shares

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले निर्बाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लघंन गर्दै मतदाता प्रभावित पार्नेगरी कैलालीको टीकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैंयाँ बाँड्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्बाचनअन्तर्गत पहिलो चरणमा ३,४ र ६ का ३४ जिल्लामा दुई ८३ स्थानीय तहमा प्रतिनिधि चुन्न दोस्रो चरणमा जेठ ३१ मा मतदान हुने कार्यक्रम छ ।

मन्त्रिपरिषदले निर्बाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको छ ।

उद्योगमन्त्री नविन्द्रराज जोशीले टीकापुर घटना(२०७२ भदौ)का पीडितलाई आर्थिक क्षतिपुर्ति दिने विषयमा मन्त्रिपरिषदले निर्णय गरेको बताए । -नागरिक दैनिकबाट