Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


राष्ट्रिय परिवार योजना सम्मेलन आयोजना गरिने


0
Shares

काठमाडौं । परिवार कल्याण महाशाखाले आगामी चैत ४ र ५ गते राष्ट्रिय परिवार योजना सम्मेलन गर्ने भएको छ ।

महाशाखाले आज पत्रकार सम्मेलन गरी परिवार योजना सेवाको पहुँचबाहिर परेकाहरुलाई समेट्ने योजना बनाउन सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

परिवार योजना साधनको पहुँच पुर्‍याउन बर्सेनि करोडौं खर्च हुने गरे पनि हालसम्म ५३ प्रतिशतले मात्र परिवार योजनाको साधन प्रयोग गर्ने गरेको तथ्यांक छ ।

जसमा ४३ प्रतिशत आधुनिक परिवार योजनाको साधन प्रयोग गर्ने रहेका छन् ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख  डा.आरपी विच्छाले किशोर, किशोरी तथा युवा, सुत्केरी महिला, गरिब तथा सीमान्तकृत समुदायमा परिवार योजनाको साधन प्रयोगको पहुँचवाट वाहिर रहेका कारण समस्या बढेकाले सम्मेलन गर्न लागिएको जानकारी दिए ।

सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी हुने छन् ।

परिवार योजनाको साधनको प्रयोगका कारण सन् १९९६ मा एक महिलाले औषत ४ दशमलव ६ सन्तान जन्माउने गरेकोमा हाल घटेर २ दशमलव ३ पुगेको बताइएको छ ।