Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


बुथकब्जा र हिंसात्मक घटना भएको भन्दै एमालेद्वारा केही मतदान बदर गर्न माग


0
Shares

सत्तारुढ दलहरुका तर्फबाट केही स्थानमा हिंसात्मक घटना र बुथकब्जा गर्ने काम भएको एमालेको आरोप छ । ‘निर्वाचनको न्यूनतम मापदण्ड र निर्वाचन आचारसंहिताविपरीत भएको मतदान बदर गर्दै ती ठाउँमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग गर्दछौं,’ एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘जबर्जस्ती र बुथकब्जाबाट आउने परिणाम जनताका लागि स्वीकार्य नहुने र यस्ता घटनाले लोकतन्त्रप्रति नै वितृष्णा बढाउँछ भन्नेमा सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

एमालेले अधिकांश स्थानमा निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न भए पनि दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, हुम्ला, धादिङ, दैलेख लगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा सत्ताधारी पार्टीहरुले हिंसा तथा बुथकब्जा गरेको दाबी गरेको छ । –कान्तिपुर दैनिकबाट