८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


स्थानीय निर्वाचनले नेपालमा स्थायित्व : चीन


0
Shares

आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ याङबीच बेइजिङमा भएको वार्तामा चीनले यस्तो बताएको हो ।

चिनियाँ उपप्रधानमन्त्री वाङले स्थानीय चुनाव गराएकोमा नेपाललाई बधाइसमेत दिएका छन् ।

‘स्थानीय निर्वाचनले नेपालको स्थायित्व र विकास सुनिश्चित हुनेछ । यसले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चीनको अपेक्षा छ,’ नेपाली दूतावास बेइजिङका अनुसार महरासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले भने । –नयाँ पत्रिका दैनिकबाट