जाजरकोट, फागुन २ । बाँकेको नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको एक यात्रीवाहक बस बिहीबार जाजरकोटको रिम्नाबाट भेरी नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । ९ जना घाइते छन् ।
भे१ख १३२९ नम्बरको बस दुर्घटना भएको हो ।
घाइतेहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा पठाइएको प्रहरीले जनाएको छ ।
बसमा करिब डेढ दर्जन यात्री सवार रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्