
-लक्ष्मीप्रसाद सापकोटा/ईमेज
मंगलबार राती अबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले नौ सय ७७ मतले बिजयी भएका हुन् ।
तिवारीले तीन हजार चार सय ३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मित्रलाल बस्यालले दुई हजार चार सय ५४ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार सोमबार बिहान देखि सुरु भएको मतगणनामा सात वटा वडा रहेको पैंयूँ गाउँपालिकाको मतगणना सकिएको हो ।
पैंयूँ गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काँग्रेसका जसमती गुरुङ बिजयी भएकी छन् । उनले तीन हजार एक सय ८४ मत पाउँदा एमालेकी गोमता शर्माले दुई हजार चार सय ३१ मत प्राप्त गरी पराजय भइन् ।
पैंयूँ गाउँपालिकामा नौ हजार आठ सय नौ मतदाता रहेकोमा छ हजार आठ सय २४ मत खसेको थियो ।
त्यस्तै उक्त गाउँपालिकाको वडा नं. १, २, ६ र ७ मा काँग्रेस, तथा ३ र ४ मा एमाले बिनयी भएको छ भने ५ नम्बर वडामा माओबादी केन्द्रले जितेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्