विराटनगर, फागुन २ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले एक वर्षमा प्रदेश सरकारले उपलब्धिमूलक काम गरेको बताएका छन् ।
प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले शून्यबाट सुरु गरेको प्रदेश सरकारले विकास निमार्णका दर्जनौं जनमुखी काम गरेको दाबी गरे ।
मुख्यमन्त्री राईले जनमुखी कामका कारण प्रदेश सरकारप्रति जनताको भरोसा बढेको बताए ।
उनले प्रदेश सरकार गठनपछिको ६ महिना कर्मचारी समायोजन तथा कार्यालय व्यवस्थापनमा खर्च भएको भन्दै अहिले बजेट कार्यान्वयन भइरहेको बताए ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले ३० बुँदे सरकारको उपलब्धि सार्वजनिक गरेका थिए ।
गत वर्ष फागुन २ गते मुख्यमन्त्री राईको नेतृत्वमा पाँच सदस्यीय मन्त्रीमन्डल गठन भएको थियो ।








प्रतिक्रिया दिनुहोस्