३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा विजयी


0
Shares

प्रमुख पदका विजयी पौडेलले ११ एक हजार ६१४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३१९ मत ल्याए ।

यस्तै, एमाले–राप्रपा–राजमो गठबन्धनबाट उपप्रमुखमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् । खड्काले १० हजार ५२२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शकुन्तला शर्माले आठ हजार ७३४ मत प्राप्त गरे ।

बागलुङ नगरपालिकामा एमाले–राप्रपा–राजमो गठबन्धन ११ वटा वडामा विजयी बनेको छ । नेपाली कांग्रेसले भने वडा नं ११, १३ र १४ मा मात्र जित हासिल गरेको छ । (रासस)