३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कालिकोटका तीन नगरपालिकामा माओवादी विजयी


0
Shares

रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याए ।

उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक जार ८७२ मत ल्याइन् ।

खाँडाचक्र नगरपालिका प्रमुखमा एमालेका जसिप्रसाद पाण्डेले दुई हजार २०८ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका लक्ष्मीप्रसाद चौलागार्इंले एक हजार ४६१ मत ल्याए ।

त्यसैगरी उपप्रमुखमा सोही दलका विजया विष्टले एक हजार ९८७ मत ल्याई विजयी भए भने उनको प्रतिद्वन्द्वी माओवादीका गङ्गाकुमारी खड्काले एक हजार ४५६ मत ल्याइन् ।

एघार वटा वडामध्ये सातवटा वडाको अध्यक्षमा एमाले, दुई÷दुई वटामा माओवादी र एउटामा नेपाली कांग्रेसले जित हात पारेका छन् ।

तिला गुफा नगरपालिकामा नेकपा माओवादीका रतनबहादुर शाहीले एक हजार ८५१ ल्याई विजयी भए । सो नगरपालिकाको उपप्रमुखमा दर्शना नेपालीले एक हजार ८४३ मत ल्याएर विजयी भइन् ।

सान्नित्रिवेणी नगरपालिकामा माओवादीका डम्बरबहादुर शाहीले एक हजार ७७५ मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलकै होइजा बुढा (गिरी)ले एक हजार ७६८ मत ल्याई विजयी भए ।

त्यसैगरी पचालझरना गाउँपालिकामा माओवादीका खड्कराज सेजुवालले एक हजार ६२३ मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका तारा न्यौपानेले एक हजार ५६८ मत ल्याई विजयी भइन् ।

पताङ्ला गाउँपालिकामा नेकपा माओवादीका लक्ष्मण बमले एक हजार ४२० मत ल्याई विजयी भए भने उपाध्यक्षमा पनि सोही दलका दाना न्यौपानेले एक हजार ३७१ मत ल्याई विजयी भइन् ।

पछिल्लो मतगणनाअनुसार महावै गाउँपालिकामा कांग्रेस र एमालेकोबीचमा भएको चुनावी तालमेलअनुसार कांग्रेसका नन्दबहादुर सिंहले एकहजार ४०० मत ल्याई विजयी भए भने उपाध्यक्षमा एमालेका मनराज शाही विजयी भए ।

प्रमुख निर्वाचन अधिकृत केशवराज पाण्डेका अनुसार कालीका गाउँपालिकामा बिहीबार भएको पुनः मतदानपछि शुक्रबार बिहानबाट गणना सुरु भएको छ भने नरहरिनाथ गाउँपालिका–६ मा यही ७ गते पुनः मतदान हुने भएको छ ।

उक्त मतदान केन्द्रमा मृतक उम्मेदवार धनरुप बटालाको स्थानमा वडा अध्यक्षको उम्मेद्ववारमा बटालाको पत्नी दूधा बटालालाई राप्रपाले उम्मेद्ववार उठाएको छ । (रासस)