
अमेरिकाको लस एन्जलसमा बस्ने २० वर्षीया हैलीले छालारोग विशेषज्ञको सल्लाहमा आफ्नो पाखुराबाट रगत निकालेर विशेष मेसिनको सहायताले शुद्धिकरणगरी बजारमा पाइने क्रिममा मिसाएर लगाउने गरेको बताएकी हुन् ।
‘लुक म्यागजिन’काअनुसार उनले सबै सौन्दर्य क्रिमहरु छालारोग विशेषज्ञको सिफारिसमा लिने गरेको र ती सबै लोसन तथा अरु क्रिमहरुमा आफ्नै रगत मिसाउने गरेको बताएकी छन् ।
उनले भनिन्–‘मरो पाखुराबाट निकालिएको रगत विशेष मेसिनको सहायताले रक्तकोषिकाहरुलाई छुट्याएर क्रिम बनाइ दैनिक लगाउने गर्छु । यो विधि अचम्मको छ, यसले मेरो सुन्दरतालाई अझै निखारीदिएको छ ।’
‘एनजेठहेराल्ड’ अनलाइनसँग कुरा गर्दै उनले आफ्नै रगतले बनाएको क्रिम लगाउँदा त्वचा नरम भएको र आफ्नो आत्मविश्वास बढेको बताएकी छन् ।
आफ्नो शरीरको छालाको स्वास्थ्य र सौन्दर्यप्रति पागल भएको बताउने यी सुन्दरीले पहिले आफ्नो अनुहारमा कालोधब्बा रहेको र पछि क्रिम बनाएर प्रयोग गर्न थालेपछि विस्तारै हट्दै गएको बताएकी छन् ।
हैलीले आफू बिनामेकअप झन् सुन्दर देखिन थालेकोसमेत बताएकी छन् । आफू प्राकृतिकरुपमै सुन्दर देखिन चाहेकोले यस्तो विधिको अनुशरण गर्नुपरेको उनको भनाइ छ ।
हैलीले गत सोमबारमात्रै आफ्नो सुन्दरताको रहस्य लुक म्यागजिनसामु खोलेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्