२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेकपाले तयार पार्‍यो स्थायी समितिको बैठकका एजेन्डा


0
Shares

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले बिहीबार (भोलि) बस्ने स्थायी समितिको बैठकका एजेन्डा तय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले दुईओटा एजेन्डा तय गरेको छ ।

बिहीबारको बैठकमा पार्टीका दुवै अध्यक्षले पछिल्लो राजनीतिक परिस्थिति, सरकारको काम–कारबाही, सांगठनिक एकीकरण प्रक्रिया, प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा जानकारी दिने तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी, सचिवालय बैठकले पार्टी संगठनसम्बन्धी प्रस्तावित नियमावलीबारे स्थायी समितिमा सुझाव लिने निर्णयसमेत गरेको छ ।