काठमाडौं, फागुन १ । विश्व शान्ति मानवकल्याण र नेपालमा स्थायी शान्तिको कामना गर्दै तीनदिने विशेष पूजा बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
डोल्पो समाजले बौद्धको तीनचुलेमा विश्व शान्ति पूजा गरेको हो ।
ल्होछारको अवसर पारेर गरिएको पूजामा डोल्पाबाट रिम्पोछेलगायतका धर्मगुरु, माथिल्लो डोल्पाका रिम्पोछे र आनीहरुको सहभागिता रहेको छ ।
डोल्पो समाजका अध्यक्ष बौद्ध धर्मगुरु निमा रिम्पोछेले समस्त प्राणीको कल्याणका लागि समाजले वर्षैपिच्छे पूजाको आयोजना गर्ने गरिएको जानकारी दिए ।
फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागितामा विशेष पूजा हुने जनाएको छ ।
कार्यक्रममा डोल्पाको भेषभूषा झल्कने सांस्कृतिक प्रदर्शनसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्