
मतगणनाको अन्तिम परिणमानुसार एमालेका राजेन्द्रविक्रम बस्नेत चार हजार ३३६ मत ल्याइ अध्यक्षमा विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले चार हजार ६ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा एमालेकै सीता ढुंगाना चार हजार २१४ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शर्मिला बिसुरालले तीन हजार ८३५ मत प्राप्त गरिन् ।
८ वडा रहेको गजुरी गाउँपालिकामा एमालेले चार तथा माओवादी केन्द्र र कांग्रेसले दुई/दुई वडामा विजय हासिल गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्