Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


महावीरका पदकहरु विक्रीमा, मुल्य तोकिएन्


0
Shares

आविष्कार केन्द्रमार्फत नयाँ योजना तय र प्रविधित उपलब्धि हासिल गर्न लागिपरेका महाावीर सरकारसंग आवश्यक सहयोगका लागि हारगुहार गरेर थाकेपछि सर्वसाधरण नेपाली संग पैसा बृद्धि र समयको हयोग माग्दै आएका छन् ।

देश विदेशमा रहेको नेपाली हितैषीको स्वैच्छिक महादानबा केन्द्रमा ४ करोड रुपैयाँ जम्माा भईसकेको छ, महावीर सेन्टर फर नेपाल कनेक्सनको ठमेलस्थित क्याफेमा शनिवार उनले भने यही अभियानमा थोरैतिनो आर्थिक भरथेग होस भनेरै आफुले पाएका पदक विक्रीमा राखेको हुँ ।’

यी पदकहरु उनले आफ्नो ठमेल अफिसमा सार्बजनिक प्रदर्शनीमा राखेका छन् । यीमध्ये एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे उनले ५० हजार अमेरिकी डलरसहित पाएका थिए । प्रतिष्ठित पदक विक्रीमा राखिए पनि यिनको मुल्य निर्धारण गरिएको छैन् ।

केन्द्रले राखेको लक्ष्य र योजनामा बल पुर्‍याउन १० महिनायता सुरु ‘स्वैच्छिक महादान’ मा ५० करोड रुपैंयाँ संकलन गरी जलविद्युत परियोजना संचालन गर्दै यसको नियमित आम्दानीबाट आविष्कार केन्द्रलाई परिणाममुखी बनाउने योजना बुनेको छ । –कान्तिपुर दैनिकबाट