Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


गेस्टहाउसबाट पेस्तोलसहित युवक पक्राउ


0
Shares

जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्टहाउसबाट वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार एकथान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक/एकथान तथा पेस्तोलमा लाग्ने गोली चारथानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए ।

सो होटेलको कोठा नम्बर–१०७ मा बसिरहेका व्यक्तिसँग हातहतियार भएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले होटेलको उक्त कोठा खानतलासी गर्दा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए । रासस