ललितपुर । नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोमा कडा आपत्ति जनाएको छ ।
केन्द्रीय सरकारको रणनीतिअनुसार प्रदेश सरकारले उक्त जग्गा हडपेको आरोप लगाउँदै कांग्रेसले तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।
ललितपुरस्थित केन्द्रीय कार्यालय सानेपा भएको पत्रकार सम्मेलमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै निर्णय तत्काल नसच्याए कडा रुपमा उत्रिने चेतावनीसमेत दिए ।
वीपी उद्यान नै निर्माण गर्न माग काँग्रेस छ । वीपी उद्यान निर्माणका गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोले काँग्रेसले यसको विरोध गरेको हो ।
गत माघ २४ गते बसेको काँग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको थियो ।
२०६० सालमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा.प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेकोले अहिले अर्को नाममा पार्क बनाउन आपत्तिजनक भएको प्रवक्ता शर्माले बताए ।
उनले वर्तमान सरकारले लोकतन्त्रका लागि लडेका नेताहरुको नाममा रहका संरचनामा एकपछि अर्को आक्रमण गरेको भन्दै काँग्रेसले संसद र सडकबाट निर्णय उल्टाउन बाध्य हुने चेतावनी दिए ।
गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा सहिद पार्क बनाउन शिलान्यास गरेका थिए ।
२०४९ सालमा यातायात संस्थानको जग्गा वीपी उद्यान निर्माणका लागि खरिद गरिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्