
सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धारिलो हतियार तीन/चारपटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
घटनालगत्तै सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको हुँदा घटनाको सत्य कुरा छिट्टै पत्ता लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस
प्रतिक्रिया दिनुहोस्