Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


३१८ नेपाली विदेशी जेलमा, १७ जनालाई मृत्युुदन्डको सजाय


0
Shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत् परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो संख्यामा नेपाली नागरिक मृत्युुदन्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुुऔषध प्रयोग तथा कारोबार, मानवतस्करी, चोरी, ठगी, बलात्कार, मादकपदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुुने विश्वका विभिन्न ३२ ओटा राष्ट्रमा उल्लिखित संख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुंगानाले जानकारी दिए ।

जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युुदन्ड र ४३ जनालाई जन्मकैदको सजाय सुुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युुदन्ड र तीनजनालाई जन्मकैद हुुन सक्नेगरी ती देशमा मुुद्दा चलाइएको छ ।

मलेसियामा विभिन्न घरफिर्ती केन्द्रमा सामान्य अभियोगमा थुुनामा रहेका नागरिकको संख्यामात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमासमेत नेपाली नागरिक थुुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका, कम्बोडिया, सिंगापुुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रधानमन्त्री पुुष्पकमल दाहालले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्यांक तयार पारेको हो ।

भारतमासमेत ठूलो संख्यामा नेपाली जेलमा रहेको बताइएपनि उनीहरुको तथ्यांक नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस